काठमाडौँ । सार्वजनिक बिदाको दिन पनि निर्वाचन आयोग र आयोग मातहतका कार्यालय खुला रहने भएका छन्। आगामी मंसिर ४ मा हुने आम निर्वाचनलाई मध्यनजर गर्दै आयोगले बिदाको दिन पनि कार्यालय खुला रहने जनाएको हो।
स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र मितव्ययी रूपमा सम्पन्न गर्नका लागि सार्वजनिक बिदाको दिनमासमेत आयोग खुल्ला रहने बताइएको छ। यस्तो गर्दा निर्वाचन सञ्चालन तथा व्यवस्थापनका सबै चरण र प्रक्रियाका कार्य नियमित रूपमा सम्पादन गरी निर्धारित मितिमा कार्यसम्पादन गर्न सहज हुने आयोगको विश्वास छ।
आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार निर्वाचन आयोगको सचिवालय, ७ वटै प्रदेश निर्वाचन कार्यालय र ७० वटै जिल्ला निर्वाचन कार्यालय प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म सार्वजनिक बिदाका दिनमासमेत खुला रहने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ भदौ २०७९, २० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने