काठमाडौँ । सार्वजनिक बिदाको दिन पनि निर्वाचन आयोग र आयोग मातहतका कार्यालय खुला रहने भएका छन्। आगामी मंसिर ४ मा हुने आम निर्वाचनलाई मध्यनजर गर्दै आयोगले बिदाको दिन पनि कार्यालय खुला रहने जनाएको हो।
स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र मितव्ययी रूपमा सम्पन्न गर्नका लागि सार्वजनिक बिदाको दिनमासमेत आयोग खुल्ला रहने बताइएको छ। यस्तो गर्दा निर्वाचन सञ्चालन तथा व्यवस्थापनका सबै चरण र प्रक्रियाका कार्य नियमित रूपमा सम्पादन गरी निर्धारित मितिमा कार्यसम्पादन गर्न सहज हुने आयोगको विश्वास छ।
आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार निर्वाचन आयोगको सचिवालय, ७ वटै प्रदेश निर्वाचन कार्यालय र ७० वटै जिल्ला निर्वाचन कार्यालय प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म सार्वजनिक बिदाका दिनमासमेत खुला रहने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ भदौ २०७९, २० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन पर्यवेक्षण गर्न २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई आयोगले दियो अनुमति
निर्वाचन ८० दिन बाँकी, चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
चुनावी खर्च पारदर्शी बनाउन निर्वाचन आयोगको आग्रह
समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दललाई चिन्ह प्रदान
निर्वाचन आयोग: जनसंख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन
४३ वटा दल समानुपातिक निर्वाचनमा भाग नलिने