काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङबीच सामाजिक सञ्जालमा चलेको जुहारीको चर्चा भएको छ ।
बिहीबारको बैठकमा नेकपा एमालेका सांसद कृष्णकुमार संसदमाराईले सम्बन्धित मन्त्री र काठमाडौंँ महानगरका मेयरले लाचारी ब्यक्त गरिरहेका बेलामा धरानका मेयरले म आएपछि फोहोरको समस्या समाधान हुने भयो भनेर घोषणा गरेको बताएका हुन् ।
‘‘यो विषयमा बालेन र हर्कजीको फेसबुकमा जुहारी परेको नै देखियो । यहाँ कुरा के हो भने ४ बुँदे सहमतिपछि पनि यहाँ फोहोर नउठ्ने समस्या देखिएको छ किनभने त्यहाँको जनताको समस्यालाई नजरअन्दाज गरेको देखियो ।’ उनले भने, ‘विचारणीय कुरा के छ भने न महानगरले योजना प्रस्तुत गरेको देखिन्छ न सरकारले गरेको देखिन्छ । जनतामा अन्योलको स्थिति देखियो ।’
मेयर सम्पाङले बुधबार साँझ सामाजिक सञ्जालमा लेखे ‘जस्ले जे भनोस् तर म काठ्माण्डौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ ! कम्से कम काम त शुरु गरे !’ त्यसपछि उनकै स्टाटसमा मेयर बालेनले प्रतिक्रिया दिँदै लेखेका थिए - ‘हो नि … तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि !’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ भदौ २०७९, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमानले बालेनसँग भेटेको तस्वीर किन सार्वजनिक गरे ?
बालेनविरुद्ध एमाले निकट युवा संघद्वारा साइबर ब्युरोमा उजुरी
मध्यरातमा बालेनको धन्यवाद ‘स्टाटस’
बालेनलाई मेयर बनाउने सबै अपराधी र देशद्रोही हुन् : सूर्य थापा
के थियो बालेनको स्टाटस ? किन भइरहेको छ विरोध ?
प्रधानमन्त्रीलाई काठमाडौंका मेयर बालेनले दिए तीन मुद्दामा दवाव