काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङबीच सामाजिक सञ्जालमा चलेको जुहारीको चर्चा भएको छ ।
बिहीबारको बैठकमा नेकपा एमालेका सांसद कृष्णकुमार संसदमाराईले सम्बन्धित मन्त्री र काठमाडौंँ महानगरका मेयरले लाचारी ब्यक्त गरिरहेका बेलामा धरानका मेयरले म आएपछि फोहोरको समस्या समाधान हुने भयो भनेर घोषणा गरेको बताएका हुन् ।
‘‘यो विषयमा बालेन र हर्कजीको फेसबुकमा जुहारी परेको नै देखियो । यहाँ कुरा के हो भने ४ बुँदे सहमतिपछि पनि यहाँ फोहोर नउठ्ने समस्या देखिएको छ किनभने त्यहाँको जनताको समस्यालाई नजरअन्दाज गरेको देखियो ।’ उनले भने, ‘विचारणीय कुरा के छ भने न महानगरले योजना प्रस्तुत गरेको देखिन्छ न सरकारले गरेको देखिन्छ । जनतामा अन्योलको स्थिति देखियो ।’
मेयर सम्पाङले बुधबार साँझ सामाजिक सञ्जालमा लेखे ‘जस्ले जे भनोस् तर म काठ्माण्डौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ ! कम्से कम काम त शुरु गरे !’ त्यसपछि उनकै स्टाटसमा मेयर बालेनले प्रतिक्रिया दिँदै लेखेका थिए - ‘हो नि … तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि !’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ भदौ २०७९, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'देश बनाउने टोली' भन्दै बालेनले गरे गृहमन्त्री र पूर्वाधारमन्त्रीसँगको तस्वीर सार्वजनिक
फेसबुकमा सचिवमाथि मजाक गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई पनि एम्बासडर बन्न मन छ’
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
बालेन शाहविरुद्ध १२ वर्ष पुरानो ‘र्याप ब्याटल’लाई लिएर उजुरी
प्रधानमन्त्री बालेन शाहसँग कति छ सम्पत्ति ?
मन्त्रीको नाम टुंग्याउन छलफलमा जुटे रवि र बालेन