काठमाडौं । धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन्। साम्पाङले बिहीबार सामाजिक सञ्जाल मार्फत १३ बुँदामा आफूले सय दिनमा गरेका कामको प्रगति विवरण सार्वजनिक गरेका हुन्।
उनले पहिलो बुँदामा नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरेको उल्लेख गरेका छन्। त्यस्तै ४ ठाउँबाट खानेपानीको मूहान थपेको,व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँको,६ लाख विरुवा रोपेको,सरसफाइमा देखिने सुधार ल्याएको, प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएको कुराहरु प्रगति विवरणमा उल्लेख छ।
यस्तो छ साम्पाङको सय दिनमा गरेको प्रगति विवरण
१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें
२. ४ ठाउँबाट खानेपानीको मुहान थपे
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाए
४. ६ लाख विरुवा रोपे
५. सरसफाइमा देखिने सुधार ल्याएँ
६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ
७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें
८. बाटो मर्मत सम्भार तथा तटबन्धन, विपद व्यवस्थापन
९. लागु औषध विरुद्धको अभियान शुरु गरें
१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ
११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें
१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ भदौ २०७९, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क साम्पाङले मागे सुशीला कार्कीको राजीनामा
धरान पुगेर रोए हर्क साम्पाङ
हर्क साम्पाङले बोलाएको कार्यपालिका बैठक आज बस्दै
धराने जनतालाई बीमाबाट वञ्चित नगर्न आग्रह गर्दै बीमा बोर्डलाई हर्क साम्पाङको पत्र
४ करोड बजेटमा हर्क साम्पाङको असन्तुष्टि
भिजनबिनाको मान्छेलाई नेता नसम्झनु ! त्यो ठग हो: हर्क साम्पाङ