काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी सदस्यको नाम टुंगो लगाएको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको ४१ सदस्यीय स्थायी कमिटी बनाएको हो ।
स्थायी कमिटी सदस्यमा पहिलोपटक ११ जना महिलालाई प्रवेश दिइएको छ । ती स्थायी कमिटी सदस्यमा ओनसरी घर्ती, जयपुरी घर्ती, शशी श्रेष्ठ, पूर्णाकुमारी सुवेदी, अञ्जना विशंखे, यशोदा सुवेदी, अमृता थापा, कमला रोका, रेखा शर्मा, सीता पोखरेल र उर्मिला अर्याल रहेका छन् ।
यस्तै, कमिटीमा यसअघि नै सो भूमिकामा रहिसकेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, गणेश शाह, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, मातृका यादव, लीलामणि पोखरेल, हितराज पाण्डेलगायत रहेका छन् । माओवादी केन्द्रको विधानमा स्थायी समिति ४५ सदस्यीय हुने व्यवस्था छ ।
स्थायी कमिटी सदस्यकाे सूची-
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ भदौ २०७९, २१ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था