काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी सदस्यको नाम टुंगो लगाएको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको ४१ सदस्यीय स्थायी कमिटी बनाएको हो ।
स्थायी कमिटी सदस्यमा पहिलोपटक ११ जना महिलालाई प्रवेश दिइएको छ । ती स्थायी कमिटी सदस्यमा ओनसरी घर्ती, जयपुरी घर्ती, शशी श्रेष्ठ, पूर्णाकुमारी सुवेदी, अञ्जना विशंखे, यशोदा सुवेदी, अमृता थापा, कमला रोका, रेखा शर्मा, सीता पोखरेल र उर्मिला अर्याल रहेका छन् ।
यस्तै, कमिटीमा यसअघि नै सो भूमिकामा रहिसकेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, गणेश शाह, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, मातृका यादव, लीलामणि पोखरेल, हितराज पाण्डेलगायत रहेका छन् । माओवादी केन्द्रको विधानमा स्थायी समिति ४५ सदस्यीय हुने व्यवस्था छ ।
स्थायी कमिटी सदस्यकाे सूची-
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ भदौ २०७९, २१ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस