काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेको कांग्रेसले लोकतान्त्रिक चरित्र गुमाएको बताएका छन् । उनले इतिहासमा पनि पटक(पटक देशविरोधी काम गर्दै आएको कांग्रेसले पछिल्लो समय लोकतान्त्रिक आचरण र व्यवहार गुमाएको आरोप लगाए ।
ललितपुरमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले भने, कांग्रेस प्रचण्डको कार्यकर्ता हो, यो लोकतान्त्रिक रहेन । अरु पार्टीको त चर्चा नगरौं, समय बेकारमा किन खर्च गर्ने १ कांग्रेस नीति, आचरण, सिद्धान्त, व्यवहारमा केहीमा पनि लोकतान्त्रिक रहेन ।
कांग्रेस माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पछिपछि हिँडेको ओलीको आरोप थियो । ुइतिहासमा पनि पटक(पटक देशहितविरुद्ध काम गरेको पार्टी हो । सुध्रिएला कि भन्ने लागेको थियो । माओवादी पार्टी भनेको प्रचण्ड एन्ड कम्पनी हो । कांग्रेस प्रचण्ड एन्ड कम्पनीको पछिपछि त्यै नीति, व्यवहार र आचरणमा लुरुलुरु हिँडेको छ । त्यसलाई तोड्नुपर्छ,उनले भने ।
आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनमा रहेका पार्टीहरूलाई पराजित गरेर एमालेको सरकार गठन गर्नुपर्ने ओलीको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ भदौ २०७९, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटनको मुद्दामा साधारण तारेख तोकिएकोप्रति ओलीको आपत्ति
देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको ओलीको आरोप
‘भोकमरी अन्त्य गरिसक्यौँ, अब सुकुमबासी र गरिबहरूको ध्यान दिन्छौँ’ : ओली
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली
‘नेपालको चुनावी परिणाम पनि बांङ्लादेशको जस्तै हुन्छ’: ओली
एमाले अध्यक्ष ओली आज झापाका ११ कार्यक्रममा सहभागी हुँदै