नुवाकोट । नुवाकोटको पुर्वी भेगमा रहेको आँपबोटबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। बेलकोटगढी नगरपालिका(४ बानियागाउँबाट ४० वर्षीय सन्तबहादुर गुरुङ पक्राउ परेका हुन्।
बाटोमा भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
प्रहरी चौकी झिल्टुङको प्रहरी टोली गस्ती गर्दै गाउँ जाने क्रममा उनलाई नियन्त्रणमा लिई नुवाकोट अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान भई रहेको प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ भदौ २०७९, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैतडीमा २८७ बन्दुक फिर्ता
भरुवा बन्दुकसहित पाँच जना पक्राउ
भरुवा बन्दुक सहित कपिलवस्तुबाट एकजना पक्राउ