काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) सँगको सहकार्य चुनावका लागि मात्रै भएको बताएका छन् । मंगलबार नेकपा (माओवादी केन्द्र) को केन्द्रीय पार्टी कार्यालय पेरिस डाँडामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि यस्तो बताएका हुन् ।
उनले नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर प्रतिष्पर्धा गर्ने बताए । उनले पार्टीको लक्ष्य नेपालमा अग्रगामी परिवर्तनको एजेण्डा बाँकी रहेको र त्यसलाई पूरा गर्नका निम्ति एक्लाएक्लै चुनावमा प्रतिष्पर्धा गर्ने स्थिति नरहेको उल्लेख गरे ।
उनले मिलेर र नयाँ आधारमा एकतावद्ध भएर जानु नै अहिलेको आवश्यकता भएको बताए । उनले आगामी दिनमा वृहत अग्रगामी शक्तिहरूको धुव्रीकरण गरेर देशलाई विकास, सुशासन, समृद्धिको दिशामा लिएर जाने पार्टीको लक्ष्य रहेको बताए ।
अध्यक्ष भट्टराईले भने, ‘नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हतौडा लिएर प्रतिष्पर्धा गर्नेछौँ । त्यही अनुसार निर्वाचन आयोगमा दल दर्ता गराएका छौँ । तत्काल चुनावी प्रयोजनका निम्ति मात्रै हो । हाम्रो लक्ष्य चाहिँ नेपालमा जुन ढंगको अग्रगामी परिवर्तनको एजेण्डा बाँकी छन्, त्यसलाई पूरा गर्नका निम्ति हामी एक्लाएक्लै भन्दा पनि मिलेर र नयाँ आधारमा एकतावद्ध भएर जानु अहिलेको ऐतिहासिक आवश्यकता भएकाले त्यो दिशातिर पनि उन्मुख हुने हिसावले लिएका छौँ ।’
अध्यक्ष भट्टराईले नेपाल समाजवादी पार्टी पनि गठबन्धनकै अंग भएको दाबी गरे । गठबन्धनमा भएको सहमतिकै आधारमा आगामी प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सहभागी हुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ साउन २०७९, २० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. बाबुराम भट्टराईलाई पितृशोक
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
चुनाव लड्दिनँ भनेका बाबुरामले फेरि किन रोजे गोरखा क्षेत्र नम्बर २ ?
बाबुराम भट्टराई आज भारत जाँदै, यस्तो छ उनको कार्यतालिका
रवि लामिछानेलाई सशर्त रिहाको आदेश स्वागतयोग्य : बाबुराम भट्टराई
बाबुराम, जनार्दन र सन्तोषलगायतले आज पार्टी एकता घोषणा गर्दै