सुनको मूल्य ४ सय रुपैयाँ घट्यो

सफल खबर संवाददाता

सोमबार, ३० साउन २०७९, ११ : ०१
सुनको मूल्य ४ सय रुपैयाँ घट्यो

 काठमाडौं ।  सुनको मूल्य सोमवार प्रतितोला ४ सय रुपैयाँले घटेको छ । आइतवारको तुलनामा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम गरिएको छ । आइतवार उक्त सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

तेजाबी सुनको मूल्य सोमवार प्रतितोला ९६ हजार ९०० रुपैयाँ तोकिएको छ । उक्त सुन आइतवार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सोमवार चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँ गिरावट आएको छ । आइतवार १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमवार १ हजार २३५ रुपैयाँ कायम गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस