रासफोर्ड युनाइटेड मै रहनेमा प्रशिक्षक टेन हाग आशावादी

सफल खबर संवाददाता

शनिबार, २८ साउन २०७९, १३ : ५४
रासफोर्ड युनाइटेड मै रहनेमा प्रशिक्षक टेन हाग आशावादी

काठमाडौं   मार्कुस रासफोर्ड म्यानचेस्टर युनाइटेडमै बस्नेमा मुख्य प्रशिक्षक एरिक टेन हाग आशावादी देखिएका छन् । लामो समयदेखि रासफोर्डप्रति चासो देखाइरहेका पेरिस सेन्ट जर्मन (पिएसजी)का अधिकारीसँग रासफोर्डका प्रतिनिधिले भेटेको चर्चा चलिहरेको छ ।

तर, डच प्रशिक्षक टेन हाग २४ वर्षीय इंग्लिस फरवार्ड रासफोर्डलाई युनाइटेडमै राख्न चाहन्छन् । ‘म उनलाई माया गर्छु र यहीँ बसुन् भन्ने चाहन्छु भन्ने रासफोर्डलाई राम्रोसँग थाहा छ,’ टेन हाग भन्छन्, ‘पहिलो दिन देखि नै म उनीसँग खुसी छु।’

‘उनी निश्चय नै हाम्रो आगामी योजनामा छन्,’ टेन हागले थपे ‘उनले प्रि सिजनमा पनि गोल गरेका थिए । रासफोर्ड सही समयमा सही ठाउँमा थिए। मलाई विश्वास छ उनी भविष्यमा पनि हामीसँगै हुनेछन् ।’

काँधको समस्याका कारण गत सिजनको सुरुवाती चरण गुमाएका रासफोर्ड प्रभावशाली पुनरागमन गर्न सङ्घर्षरत रहे । गत सिजन २५ प्रिमियर लिग खेलमामा चार गोल मात्रै गरेका रासफोर्डले इंग्लिस राष्ट्रिय टिममा पनि आफ्नो स्थान गुमाएका थिए । 

प्रतिक्रिया दिनुहोस