म्याग्दीमा नवौं राष्ट्रिय खेलकुदको तयारी तीव्र पारिँदै

सफल खबर संवाददाता

शनिबार, २८ साउन २०७९, १२ : २८
म्याग्दीमा नवौं राष्ट्रिय खेलकुदको तयारी तीव्र पारिँदै

काठमाडौं    जिल्ला खेलकुद विकास समिति म्याग्दी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट तयारीमा जुटेको छ । प्रदेश खेलकुद परिषद्को खेल कार्यातालिका अनुसार नवौं राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी हुने म्याग्दी जिल्लाका सम्पूर्ण भलिबल खेलाडीलाई आगामी भदौ ३ गतेसम्म खेलाडी दर्ता फारम भर्न र व्यक्तिगत तयारी गर्नका लागि जिल्ला भलिबल संघले आह्वान गरेको छ ।

त्यस्तै भलिबल संघमा आवद्ध म्याग्दी जिल्लाका सम्पूर्ण आधिकारिक रेफ्रीलाई भदौ ३ गतेभित्र बेनीको शिक्षामार्गस्थित संघको कार्यालयमा सम्पर्क गरी लाइसेन्स नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ । नवीकरण दर्ता शुल्क नबुझाउने रेफ्रीलाई संघले कुनै पनि मान्यता नदिने निर्णय गरिएको संघका महासचिव कुमार किसानले जानकारी दिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि पाँच सदस्यीय जिल्ला छनोट समिति पनि गठन गरिएको छ । समितिको संयोजकमा संघका उपाध्यक्ष खड्क केसी र सदस्यमा संघका  उपाध्यक्ष कुमार भण्डारी, महासचिव कुमार किसान, सदस्य मनोज खड्का र गंगा तिलिजा रहेका छन् ।

जिल्ला छनोट प्रतियोगितालाई व्यवस्थित तरिकाले सम्पन्न गर्नका लागि उपसमितिसमेत गठन गरिएको छ । उपसमितिका संयोजकमा अशोक शाही र सदस्यमा रामबहादुर गुरुङ, अरुण तिलिजा, समुन केसी, सनमान जुग्जाली र चित्र घर्ती रहेको संघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस