फिल्म ‘प्रेमगीत ३’को हिन्दी र नेपाली भाषामा टिजर सार्वजनिक

सफल खबर संवाददाता

शनिबार, २८ साउन २०७९, १२ : ५३
फिल्म ‘प्रेमगीत ३’को हिन्दी र नेपाली भाषामा टिजर सार्वजनिक

काठमाडौं । अभिनेता प्रदिप खड्का अभिनित फिल्म ‘प्रेमगीत ३’को टिजर सार्वजनिक भएको छ । असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको फिल्मको नेपाली र हिन्दी भाषामा आज शनिबार एकै पटक टिजर सार्वजनिक भएको हो ।

भारतीय ट्रेड एनालिस्ट कोमल नाहटाले ट्विटरमार्फत् फिल्मको हिन्दी टिजर सार्वजनिक गरेका हुन् । शनिबार सार्वजनिक १ मिनेट लामो टिजरमा प्रदीप एक्सन अवतारमा देखिएका छन् ।

टिजरमा प्रदीपलाई प्राथमिकता दिइएको छ । राजपरिवारमा जन्मिएका प्रदीपलाई प्रेमिका र राजगद्दीमध्ये एउटा रोज्नुपर्ने बाध्यतालाई टिजरमा देखाइएको छ । टिजरमा प्रेम र रोमान्सका दृश्यभन्दा द्वन्द्वलाई बढस् देखाइएको छ ।

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रूपमा निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरीलगायतका कलाकारहरूको अभिनय रहेको छ । क्रिस्टिनाले उक्त फिल्मबाट डेब्यु गरेकी हुन् ।

फिल्मको हिन्दी टिजर सार्वजनिक गर्न निर्देशक तथा निर्माता सन्तोष सेन र अभिनेता प्रदीप बिहीबार मुम्बई गएका थिए ।

नेपाली टिजर हेर्नुहोस् :-

हिन्दी भर्सनको टिजर हेर्नुहोस् :-

 

प्रतिक्रिया दिनुहोस