लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सफल खबर संवाददाता

शनिबार, २८ साउन २०७९, १२ : २९
लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

काठमाडाै‌ँ । रसुवाको गोसाईकुण्ड गाँउपालिका-५ स्थित गोसाइकुण्ड तिर्थयात्रा गरी घर फर्कने क्रममा लेक लागि बेहोस भएका तीन जनाको २७ साउनमा सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

बेहोस हुनेहरूमा नुवाकोट जिल्लाको ककनी गाँउपालिका- ८ बस्ने ४५ वर्षीय नारायण भण्डारी र सोही जिल्लाको बिदुर नगरपालिका- ११ बस्ने २० बर्षीय साधना प्याकुरेल र धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिका-३ बस्ने १० वर्षीय निर्जिव दुवाडी छन् ।

सो बारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको सशस्त्र प्रहरीले उनीहरूलाई पिठ्यूमा बोकी धुन्चे अस्पताल ल्याएकाे हाे ।

प्रतिक्रिया दिनुहोस