पाल्पामा एक पुरुष मृत भेटिए

सफल खबर संवाददाता

शुक्रबार, २७ साउन २०७९, २० : ०७
पाल्पामा एक पुरुष मृत भेटिए

पाल्पा । जिल्लाको रामपुर नगरपालिका–५ मटेरीमा एक पुरुष मृतावस्थामा भेटिएका छन् । शुक्रबार दिउँसो रामपुर नगरपालिका–५ मटेरी निवासी ५५ वर्षीय मनबहादुर सुनार घरदेखि करिब २५० मिटर दूरीको भित्री सडक छेउमा मृतावस्थामा फेला परेका हुन् ।

आज दिउँसो करिब साढे १ बजेको समयमा उनको शव फेला परेको हो । उनको शव पोष्टमार्टमका लागि अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक गौतम बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस