काठमाडौं । मोरङ, बर्दिया, सिरहा र सुनसरीबाट अवैध लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका–१० खोर्साने चोकस्थित सेसेहाङ होटलका संचालक ४१ वर्षीय सञ्जय लिम्बुलाई गाँजासहित प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
उनको साथबाट करिब १ केजी ७ सय २० ग्राम अवैध लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको संयुक्त टोलीले उनलाई गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
मोरङकै पथरी शनिश्चरे नगरपालिका–३ मगरटोलबाट करिब ५ सय ७५ ग्राम गाँजासहित दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका–२ बस्ने १९ वर्षीय सुनिल परियार र सोही नगरपालिका–३ बस्ने ३८ वर्षीय कोपिला मगर रहेका छन् ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले सुनिलको साथबाट ५० ग्राम तथा कोपिलाको साथबाट ५ सय २५ ग्राम गाँजा, नगद १२ हजार रूपैयाँ र एक थान डिजिटल तराजु फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट करिब १ ग्राम १८० मिलिग्राम ब्राउनसुगरसहित बाँके खजुरा गाउँपालिका–२ बस्ने ३४ वर्षीय नबिन थापा मगर लगायत २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सिरहाको सुखीपुर नगरपालिका–८ महदेवाटोलबाट करिब ६ सय ग्राम गाँजा र नगद २९ हजार ३०५ रुपैयाँसहित सोही ठाउँ बस्ने ६८ वर्षीय ढोढाई चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सुखिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । सिरहाकै लहान नगरपालिका–२३ बाट करिब ५ सय ग्राम गाँजासहित सोही ठाउँ बस्ने ४० वर्षीय साधु महतो लगायत दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ साउन २०७९, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध लागू औषधसहित चार जना पक्राउ
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ
कैलालीमा लागू औषधसहित पाँच जना पक्राउ
भारतीय लागूऔषध कारोबारीमाथि गोली प्रहार, खैरो हेरोइन बरामद
लागूऔषधसहित युवक रौतहटमा पक्राउ