कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाँउपालिका–१ बर्रोहियामा हिजो बेलुकी ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीको ओमसतिया गाँउपालिका–३ करुवानीका ४० वर्षीय उमा शंकर यादव रहेका छन् ।
भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारको क्रममा राती पौने १२ बजे यादवको मृत्यु भएको हो । भैरहवाबाट तौलिहवा तर्फ जाँदै गरेको लु १ ख ४५१६ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको यादवले चलाएको लु ७६ प १४१२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।
हिजो बेलुकी ८ बजे भएको सवारी दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय पकडीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ साउन २०७९, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु