इंग्लिस प्रिमियर लिगले डिफेन्डर सर्जियो गोमेजलाई अनुबन्ध गर्दै

सफल खबर संवाददाता

शुक्रबार, २७ साउन २०७९, ११ : ४५
इंग्लिस प्रिमियर लिगले डिफेन्डर सर्जियो गोमेजलाई अनुबन्ध गर्दै

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले डिफेन्डर सर्जियो गोमेजलाई अनुबन्ध गर्ने भएको छ ।

इंग्लिस प्रिमियर लिगले स्पेनका यू-२१ टोलीका सदस्य गोमेजलाई बेल्जियन क्लब एण्डरलेच्टबाट अनुबन्ध गर्न लागेको हो ।डिफेन्डर अनुबन्धका लागि सिटी र एण्डरलेच्टले १३ मिलियन युरोको सहमति गरेको जनाइएकाे छ ।

२१ वर्षीय डिफेन्डरले एण्डरलेच्टका लागि ४० खेलमा ६ गोल गरेका थिए । बार्सिलोनाकाे एकेडेमीमा हुर्किएका डिफेन्डरले त्यसअघि हुयस्काबाट लोनमा खेलेका थिए ।