काठमाडौँ । आज मुलुकका विभिन्न भेगमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली रहनेछ।दिउँसो देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, राति पहाडी भूभागमा वर्षाको आँकलन गरिएको छ। शनिबार प्रदेश १ र बागमतीका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। शनिबार राति गण्डकीका थोरै तथा प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाका कारण बाढी(पहिरोको जोखिम रहेकोले सतर्क रहन समेत महाशाखाले आग्रह गरेको छ। आइतबार देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकीका एक(दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास छ भने पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ साउन २०७९, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा वर्षाको सम्भावना