काठमाडौं । सात प्रदेशका ६८ स्थानीय तहले अझै बजेट सार्वजनिक गरेका छैनन् ।
आर्थिक वर्ष २०७८र७९ असार १० मा बजेट पारित गरेर पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भए पनि ती स्थानीय तहले अझै सार्वजनिक गरेका छैनन् । चालू आर्थिक वर्ष २०७९र८० को पहिलो महिना सकिन लाग्दा पनि बजेट पेस हुन सकेको छैन ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभर ७५३ स्थानीय तहमध्ये ६८५ स्थानीय तहले मात्र हालसम्म बजेट पेस गरेका छन् । ६८ स्थानीय तहले तोकिएको मिति नाघेको एक महिनाभन्दा बढी हुँदासमेत बजेट सार्वजनिक गरेका छैनन् ।
मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले अनिवार्य रूपमा बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि धेरैले बजेट ल्याउन नसकेको बताए । बजेट पेस नभएसम्म सार्वजनिक गरे नगरेको जानकारी नहुने भएकाले अनिवार्य रूपमा पेस गर्नुपर्छ, बजेट पेस गर्नका लागि दुई पटक सूचना सार्वजनिक गरे पनि ६८ वटा स्थानीय तहले बजेट पेस गर्न नसकेको उनले जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २५ साउन २०७९, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट
सातवटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै
तरुण दलको भवन बनाउन शहरी विकास मन्त्रालयको ३ करोड बजेट
भारतीय पर्यटकले साथमा ल्याउन पाउने २५ हजार भारु सीमा हट्यो, व्यवसायी उत्साहित
यस्ताे छ बजेटकाे पूर्णपाठ