ट्रम्पको घरमा एफबीआइको छापा

एजेन्सी

मंगलबार, २४ साउन २०७९, ११ : २८
ट्रम्पको घरमा एफबीआइको छापा

काठमाडौं  । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा संघीय अनुसन्धान निकाय एफबीआइले छापा मारेको छ । एफबीआइले आफ्नो घरमा छापा मारेको ट्रम्पले पुष्टि गरेका छन् । पाम बिचस्थित मार–ए–लागो रिसोर्टमा रहेको घर एफबीआइ एजेन्टको ठूलो समूहले कब्जा गरेको’ ट्रम्पले एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।

एफबीआइको छापा ट्रम्पको आधिकारिक कागजात ‘ह्यान्डलिङ’को अनुसन्धानसँग जोडिएको बताइएको छ । आगामी सन् २०२४ मा राष्ट्रपतिका लागि उम्मेदवार दिने बताइरहेका बेला ट्रम्पमाथिको छानबिन पक्रिया बढेको छ । 

आधिकारिक कागजातको व्यवस्थापनको विषयमा ट्रम्पको घरमा छापा मारिएको सीबीएस न्युजलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ । गत वर्ष अमेरिकी संसद् भवनमा भएको हिंसाबारे पनि अमेरिकी संसद्ले ट्रम्पमाथि छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस