गाजा-इजरायल हिंसामा ५१ जनाको मृत्यु

एजेन्सी

मंगलबार, २४ साउन २०७९, ०७ : ५६
गाजा-इजरायल हिंसामा ५१ जनाको मृत्यु

एजेन्सी । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले इजरायल र गाजामा रहेका लडाकुबीच भएको पछिल्लो लडाइँमा गाजामा कम्तीमा ५१ जनाको मृत्यु भएको बताएको जनाएको छ। मृत्यु हुनेमध्ये २४ जना विद्रोही पनि छन्।

सेनाका अनुसार मृत्यु हुनेमध्ये १६ जना सर्वसाधारण छन्। अतिवादीसमूहसँग सलग्न नरहेका ११ जनाको पनि मृत्यु भएको प्राप्त विवरणमा जनाइएको छ।

इजरायल र गाजाका विद्रोही लडाकु समूहबीचमा युद्धविराम गर्ने सहमति भएको छ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र गाजाबीच भएको युद्धविरामको स्वागत गरेका छन्।

गाजामा भएको आक्रमणबाट यहाँका बालबालिका तथा महिलालगायत सर्वसाधारण नागरिकको ज्यान गएको घटनाबाट आफू दुःखी रहेको महासचिव गुटेरेसले बताएका छन्। यसैबीच, अफ्रिकन युनियनले इजरायल र गाजामा भएका हिंसात्मक हमलाको निन्दा गरेको छ।

प्रतिक्रिया दिनुहोस