गठबन्धनको सिट बाँडफाँट कार्यदल संयोजकमा कृष्ण सिटौला

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १८ : ४५
गठबन्धनको सिट बाँडफाँट कार्यदल संयोजकमा कृष्ण सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला सत्तारुढ गठबन्धनमा रहेका दलहरुले चुनावी तालमेलको खाका बनाउन गठन गरेको कार्यदलको संयोजक चयन भएका छन् ।

सोमबार बालुवाटारमा बसेको बैठकले सिटौलालाई संयोजक चयन गरेको हो । कार्यदलको अर्को बैठक साउन २६ गते पुनः बस्नेछ । कार्यदलमा कांग्रेसबाट सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् । माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् । एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल रहेका छन् ।
 
जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस