काठमाडौं । सत्ता गठबन्धनले प्रदेश र संघीय निर्वाचनमा सिट बाँडबाँटबारे मोडालिटी बनाउन गठन गरेको कार्यदलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक सुरु भएको हो । साउन मसान्तभित्र सिट बाँडफाँटको मोडालिटीसहित सुझाव दिनेगरी गठबन्धनले कार्यदल बनाएको हो ।
बैठकमा गठबन्धनको सिट बाँडफाँटको आधार र मापदण्डको विषयमा छलफल हुने कार्यदल सदस्यका एक सदस्यले बताए । पार्टीका नेताहरूको परामर्शका आधारमा सुरुमा आधार र मापदण्ड तय गरेपछि सिट बाँडफाँटबारे छलफल गर्ने कार्यदलको तयारी छ । कार्यदलमा नेपाली काँग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की रहेका छन् ।
यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन, अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।
प्रत्यक्ष तर्फ प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० निर्वाचन क्षेत्रको सिटमा बाँडफाँटका लागि कार्यदलले मापदण्ड र मोडालिटी बनाउने कार्यभार पाएको छ । प्रतिनिधिसभामा काँग्रेसले कम्तीमा ९५ सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ साउन २०७९, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय समितिको सभापति राप्रपालाई दिने सत्ता गठबन्धनको निर्णय
बजेटमा बढेको असन्तुष्टिबारे बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुबिच छलफल
गठबन्धनको बैठकमा न्युनतम साझा नीति तथा कार्यक्रममा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुट्यो
सत्ता गठबन्धनले टुंग्यायो भागबण्डा, कुन दललाई कति मन्त्रालय ?
ठूला दल शक्तिशाली मन्त्रालय नछाड्ने अडानमा
सरकारलाई विश्वासको मत दिन सत्ता गठबन्धनको आह्वान