बजेट छल्दै २४ प्रतिशत तलब वृद्धि

पत्रपत्रिकाबाट

सोमबार, २३ साउन २०७९, ०८ : १९
बजेट छल्दै २४ प्रतिशत तलब वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०७९र८० को बजेट सार्वजनिक गर्दा अर्थमन्त्री जनार्दन शर्माले सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको घोषणा गरेका थिए। तलब लागु हुने समयमा शाखा अधिकृतदेखि सचिवसम्मका कर्मचारीको तलब भने साढे २४ प्रतिशतसम्म बढाइएको छ।

सरकारले बजेटमा गरेको घोषणाअनुसार सबै कर्मचारीको तलबमान राजपत्रमा प्रकाशित गरेपछि लागु हुन्छ। अर्थ मन्त्रालयले तयार पारेको तलबमानअनुसार उपल्लो तहका कर्मचारीको तलब बजेटमा घोषणा गरिएभन्दा अस्वाभाविक रूपमा बढाइएको हो। 

उक्त तलबमानअनुसार असारसम्म अधिकृतको ३७ हजार ९ सय ९० रूपैयाँ तलब स्केल थियो। चालु बजेटअनुसार १५ प्रतिशत ९५ हजार ६ सय ९८ रूपैयाँले तलब बढ्दा ४३ हजार ६ सय ८८ रूपैयाँ हुनुपर्ने हो। तर तलबमानमा अधिकृतको तलब स्केल ४७ हजार २ सय ८ रूपैयाँ बनाइएको छ। यो २४.२६ प्रतिशत हो। यस्तै उपसचिवको तलब १५ प्रतिशतले मात्र बढाएको भए ४८ हजार ७ सय ३७ रूपैयाँ मात्र हुनेमा २३.३ प्रतिशतले बढाएर ५२ हजार २ सय ७९ रूपैयाँ पुर्‍याइएको छ।

तलबमानअनुसार सहसचिवको तलब अब ६१ हजार ५० रूपैयाँ पुगेको छ। बजेटअनुसार १५ प्रतिशतले बढाएको भए सहसचिवको तलब स्केल ५६ हजार ७ सय ७८ रूपैयाँ हुने थियो। यो बजेटले गरेको व्यवस्थाभन्दा ८.६ प्रतिशत बढी हो। तलबमानअनुसार असारसम्म ६२ हजार १ सय ४० रूपैयाँ तलब पाउँदै आएका सचिवको साउनदेखिको तलब ७४ हजार २ सय २१ रूपैयाँ भएको छ। बजेटअनुसार मात्र बढाएको भए सचिवले ७२ हजार ८२ रूपैयाँ तलब पाउने थिए। सचिवका लागि ३.४ प्रतिशत बढी तलब राखिएको हो।  नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस