इरानमा बाढीमा परेर ८० जनाको मृत्यु

एजेन्सी

शनिबार, २१ साउन २०७९, ११ : ५०
इरानमा बाढीमा परेर ८० जनाको मृत्यु

तेहरान । इरानमा हालै आएको बाढी पहिरोमा पनि मृत्यु हुनेको संख्या ८० नाघेको  छ । देशका विभिन्न ठाउँमा आएका बाढी पहिरोमा परी उनीहरूको मृत्यु भएको हो ।

इरानको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रमुख मोहम्मद हसन नामीले बाढी पहिरोमा अझै केही वेपत्ता भएको बताए । बेपत्ता भएकाहरूको खोजीका लागि उद्धारकर्ता, सुरक्षाकर्मीलगायतलाई खटाइएको छ ।

इरानमा यही जुलाई २३ देखि भारी वर्षा भएको र वर्षाका कारण बाढी पहिरो आएकोले ठूलो क्षति भएको अधिकारीहरूले बताएका छन् । -एजेन्सी

प्रतिक्रिया दिनुहोस