काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को एक नम्बर वरीयताक्रममा अशोक राईलाई राखिएको छ। उनी जसपाका संघीय परिषद् अध्यक्ष हुन्।
योभन्दा पहिला संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई थिए। उनले पार्टी छोडेपछि राईलाई संघीय परिषद् अध्यक्ष बनाइएको छ। केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले पार्टी पहिलो वरीयताक्रममा राई रहेको बताए।
हालै वीरगन्जमा सम्पन्न केन्द्रीय समितिको बैठकले राई परिषद् अध्यक्ष बनाएको थियो। पार्टी कार्यकारी अध्यक्ष उपेन्द्र यादव दोस्रो वरीयताक्रममा छन्। पार्टीको तेस्रो वरीयताक्रममा राजेन्द्र श्रेष्ठलाई राखिएको छ।
जसपाको केन्द्रीय कार्यकारिणी समितिमा २२ सदस्य छन्। नेपाली अक्षरको वर्णाक्रमअनुसार अरूलाई राखिएको अधिकारी जानकारी दिए। पछिल्लो समयमा जसपा पटकपटक विभाजन भएको छ। महन्थ ठाकुरले जसपा विभाजन गरेर लोकतान्त्रिक समाजवादी पार्टी बनाए।
त्यसपछि डा. भट्टराई, महिन्द्रराय यादव जसपाबाट निस्किए। आगामी निर्वाचनमा पार्टीको उम्मेदवार चयनका लागि संसदीय बोर्ड गठन गरिएको छ। केन्द्रीय समितिको अध्यक्ष प्रमुख रहने बोर्ड १३ सदस्यीय छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २१ साउन २०७९, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालको कोशी र मधेश प्रदेश समितिमा नयाँ नेतृत्व
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
यथास्थितिमा हुने निर्वाचनले जेन जेडको मागको सम्बोधन नगर्ने भन्दै संविधान पुनर्लेखन गर्न जसपाको माग
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता