काठमाडौँ । आउँदो मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा एउटै चुनाव चिन्हमा प्रतिस्पर्धा गर्न चाहने दुई वा दुई भन्दा बढी दलले अहिल्यै निर्वाचन आयोगलाई जानकारी दिनुपर्ने भएको छ।
गठबन्धन बनाएर चुनावमा जाने पक्कापक्की गरेका दलहरुबीच एउटै चिन्हमा चुनाव लड्नेबारे पनि छलफल भइरहेको छ। विशेष गरी पाँच दलीय गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच समाजवादी केन्द्र बनाएर एउटै चिन्ह लिएर चुनावमा जानेबारे छलफल चलिरहेको छ।
तर उनीहरु केही कानुनी जटिलताका कारण निष्कर्षमा पुग्न सकिरहेका छैनन्। तथापी निर्वाचन आयोगले एउटै चुनाव चिन्ह लिन चाहनेका लागि आइतबारदेखि साउन ३१ गतेभित्र आवेदन दिनुपर्ने सूचना जारी गरेको छ।
प्रवक्ता शालिग्राम पौडेलले भने, ‘दुई वा दुई भन्दा बढी दलले एउटै चुनाव चिन्हमा प्रतिस्पर्धा गर्ने भए त्यसको जानकारी आयोगलाई दिनुपर्छ।’ आयोगले मंसिर ४ गते चुनावमा भाग लिन चाहने पार्टीलाई दल दर्ताका लागि शुक्रबार आह्वान गरेको छ। साउन ३१ गतेसम्म उनीहरुले संघमा लड्ने भए संघ र प्रदेशमा लड्ने भए प्रदेशका लागि आवेदन दिनुपर्नेछ।
आयोगले चुनावी प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गर्दै भनेको छ, ‘श्रावण २२ गते देखि २०७९ साल श्रावण ३१ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौं स्थित कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचित गरिएको छ।’
दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख गर्नुपर्ने छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० साउन २०७९, १९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने