आगामी निर्वाचनमा पनि गठबन्धन कायम रहन्छ : अध्यक्ष नेपाल

सफल खबर संवाददाता

विहीबार, १९ साउन २०७९, १९ : २२
आगामी निर्वाचनमा पनि गठबन्धन कायम रहन्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पनि गठबन्धन कायम रहने र त्यहीँभित्र तेस्रो मोर्चा बन्ने बताएका छन ।

बिहीबार ‘एमाले–माओवादी एकतादेखि विभाजनसम्म’ नामक पुस्तक लोकार्पण कार्यक्रममा नेपालले गठबन्धनभित्रका चार दल एकतावद्ध भएर जान जरुरी रहेको बताए । कांग्रेसको अहं कम गर्न तेस्रो मोर्चा आवश्यक रहेको उनले बताए।

अध्यक्ष नेपालले आउँदो चुनावमा बामपन्थीमध्ये पनि मन मिल्नेसँग मात्र मिलेर जाने बताए । अध्यक्ष नेपालले अबको ५ वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिने बताए ।राजनीतिको बारेमा समय निकाल्न धेरै सञ्चारकर्मीहरुले समय मागिरहेपनि आफूलाई समय निकाल्न गाह्रो भइरहेको उनले बताए । अध्यक्ष नेपालले ७० वर्षमा नै राजनीतिबाट टाढिने विचार गरेपनि परिस्थितिले नदिएको र ७५ वर्षमा भने सक्रिय राजनीतिबाट बिदा लिने उद्घोष गरे ।

प्रतिक्रिया दिनुहोस