काठमाडाैँ । नीलकण्ठ नगरपालिका–३ धादिङबेसी थोपल खोलास्थित सडकबाट सुन, अमेरिकी डलर र ‘सेमी अटोमेटिक’ पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । बिस्कुट आकारको सुनजस्तो देखिने पहेँलो धातु १ थान र अमेरिकी डलर ५० दरको नोट ९७ थान र १०० दरको नोट १ सय ६३ थान भेटिएपछि प्रहरले खनियाँबास गाउँपालिका–४ बस्ने बेगबहादुर तामाङ र शोभा तामाङलाई नियन्त्रणमा लिएको हो ।
लपाङफेदीबाट धादिङबेसीतर्फ आउँदै गरेको ग.१ ज ६७५३ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुन र डलर फेला परेको थियो । त्यसपछि गाडीमा सवार उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
थप अनुसन्धानको क्रममा प्रहरीले बेगबहादुर तामाङको घर तलासी गर्दा २ थान ‘सेमी अटोमेटिक’ पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने गोली २० राउण्ड‚ १ थान कटुवा पेस्तोल र बिस्कुट आकारको सुनजस्तो देखिने पहेँलो धातु ५ थान फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ साउन २०७९, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
ठमेलबाट सुनसहित २ चिनियाँ नागरिक पक्राउ
सुनको मूल्य बढ्यो, आज कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
एक हप्ता पछि सुनको मूल्य तोकियो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य आज बढ्यो, कतिमा हुदैछ कारोबार ?