काठमाडौं । काठमाडौंको लैनचौरबाट एक जना चिनियाँ नागरिक अपहरणमा परेका छन् । उनलाई आफ्नै फ्ल्याटबाट अपहरण गरेर गोंगबुको एक होटलमा बन्दक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधवार बेलुका उनको उद्धार गरेको हो । प्रहरीले अपहरणमा संलग्न ६ जना नेपालीहरूलाई पक्राउ गरेको छ । परिसरका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भरत बोहोराले चिनियाँ नागरिकको उद्धारपछि अपहरणमा संलग्नहरूलाई नियन्त्रणमा लिएको पुष्टि गरे । ‘हामीले उद्धार गरेका छौँ ।
अहिले उनीहरूको म्याद थप्ने काम हुँदैछ,’ एसएसपी बोहोराले भने । प्रहरीका अनुसार उनीहरूले अपहरणपछि चिनियाँ नागरिकसँग १ करोड रुपैयाँ फिरौती माग गरेका थिए । उनीहरूले चिनियाँ नागरिकको साथबाट ८ लाख नगद र २७ वटा मोबाइलसमेत लुटपाट गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ साउन २०७९, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा
अमेरिकी महिला पोखराबाट अपहरण, मकवानपुरबाट उद्धार
अमेरिकी वृद्धा अपहरण गरेको आरोपमा एक महिला पक्राउ
अमेरिकाले आफ्ना नागरिक ‘अपहरण’ गरेको भेनुजुएलाको आरोप
पाकिस्तानमा रेल अपहरण : २१४ बन्दी, ३० जनाको हत्या