एजेन्सी। युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्किी र उत्तर एटलान्टिक सन्धि संगठन, नेटोका महासचिवबीच फोनवार्ता भएको छ।उनीहरूका बीचमा युक्रेनलाई आगामी दिनमा नेटोले गराउने आवश्यक सहयोगका बारेमा कुराकानी भएको बताइएको छ।
मंगलबार उनीहरूका बीचमा फोनवार्ता भएको थियो। वार्ताका क्रममा युक्रेनका राष्टपति जेलेन्स्किीले नेटो महासचिव जेन्स स्टोलटेन्बर्गलाई युक्रेनको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए।
साथै त्यस अवसरमा उनले यसै वर्ष भएको ‘म्याड्रिड समिट २०२२’ मा भएको सहमति बमोजिम युक्रेनले हतियार प्राप्त गर्नुपर्ने विषयमा पनि स्मरण गराएकाे युक्रेनका राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ।
युक्रेनमाथि रुसले आक्रमण गरेपछि केही महिनादेखि रुस र युक्रेनका बीचमा द्वन्द्व जारी रहेको छ। युक्रेनको आर्थिक लगायतको अवस्था निकै कमजोर बन्दै गइरहेको बताइएको छ।
त्यस कुराकानीका क्रममा राष्ट्रपति जेलेन्स्किीले युक्रेनले नेटो संगठन तथा नेटोका सदस्य राष्टहरूबाट ठूलो हतियारहरूको अपेक्षा गरिरहेको जानकारी दिए।
स्पेनको राजधानीमा हालै भएको ‘म्याड्रिड समिट २०२२’ मा युक्रेनलाई हातहतियारका साथै इन्धन, सञ्चार प्रविधि आदिमा सहयोग गर्ने सहमति भएको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १८ साउन २०७९, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन
युक्रेनलाई सुरक्षाको ग्यारेन्टी दिन अमेरिका तयार
युक्रेनमा रुसको भीषण हमला
युक्रेनद्वारा कालोसागरमा रुसका दुई ट्यांकरमाथि ड्रोन प्रहार
रुसद्वारा युक्रेनमा सयौँ मिसाइल र ड्रोन प्रहार, ५ जनाको मृत्यु
जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने