संघीय सरकारविरुद्ध मधेस सरकारले चरणबद्ध आन्दोलन गर्ने

सफल खबर संवाददाता

बुधबार, १८ साउन २०७९, ११ : २७
संघीय सरकारविरुद्ध मधेस सरकारले चरणबद्ध आन्दोलन गर्ने

जनकपुरधाम । मधेस प्रदेश सरकारले संघीय सरकारले प्रहरी समायोजना गर्न आलटाल गर्दै आइरहेको भन्दै चरणबद्ध रूपमा आन्दोलन गर्ने निर्णय गरेको छ।

बुधबार प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँडसहित गठबन्धनका शीर्ष नेताहरूलाई ज्ञापनपत्र बुझाए पनि प्रहरी समायोजनमा संघीय सरकार गम्भीर नबनेको आरोप लगाए।

‘प्रहरीबीना शान्ति सुरक्षा गर्न सम्भब छैन अब हामीसँग यसकालागि संर्घष मात्र एउटा विकल्प हो’, साहले भने,’२२ गते प्रदेशमा रहेको सबै दलका प्रदेश सभा सदस्यसहित सबै मन्त्रीहरूको उपस्थितिमा प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाउने निर्णय गरिएको छ।’ सात दिने अल्टीमेटलसहित दिइने ज्ञापनपत्र पछि पनि सरकार प्रहरी समायेजन नगरे संर्घषका थप कार्यक्रहरू सार्वजनिक गरिने मन्त्री साहले जानकारी दिए।

मन्त्री साहले प्रदेशका सबै राजनीतिक दलहरूको बैठकबाट नै यस्तो निर्णय गरिएको बताए।निर्वाचनको मिति अहिले घोषणा भएको अवस्था नरहेको भन्दै उनले भने,’वर्तमान संघीय सरकार संघीयताप्रति अनिच्छुक देखिनु, जनताको अधिकार प्रति संवेदनशिल नहुनु, मधेस प्रदेश लगायत तमाम प्रदेशहरूमा शान्ति सुरक्षाको अवस्था सृदृढ हुनुपर्ने हो, त्यसमा प्रहरीको आभावमा समस्या आएको छ।’

संघीयताको जननी मधेस प्रदेश रहेकाले आफूहरूले प्रहरी समायोजनाको संर्घषको नेतृत्व गरिरहेको मन्त्री साहले बताए।

प्रतिक्रिया दिनुहोस