मधेस सरकारले शुक्रबार नीति तथा कार्यक्रम ल्याउँदै

सफल खबर संवाददाता

विहीबार, २२ जेठ २०८२, १४ : ३५
मधेस सरकारले शुक्रबार नीति तथा कार्यक्रम ल्याउँदै

जनकपुर । मधेस प्रदेश सरकारले शुक्रबार संसद्‌मा नीति तथा कार्यक्रम ल्याउँदै छ । मधेसको प्रदेश सभामा प्रदेश प्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।

कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागिएको नीति आयोग मधेसका उपाध्यक्ष डा. सोहन साहले बताए । उनका अनुसार पहिलाको भन्दा फरक नीति तथा कार्यक्रमहरू ल्याउन लागिएको हो । ‘इन्टर कनेक्टेड वे’ मा नीति तथा कार्यक्रम ल्याउन लागिएको उनको भनाइ छ ।  

विशेषत शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीमा व्यवसायीकरण गर्ने काम प्राथमिकतामा राखिएको उनको भनाइ छ । आन्तरिक उत्पादन बढाउँदै युवाहरूको रोजगारीलाई प्राथमिकतामा राखेर योजनाहरू तयार पारिको उनले बताए ।  

प्रतिक्रिया दिनुहोस