एजेन्सी । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पोलोसीले बुधबार ताइवानी राष्ट्रपतिसँग भेटवार्ता गर्दैछिन् ।
बुधबार बिहान ताइवानी राष्ट्रपति त्साई इंगवेनबीच भेटवार्ता हुने स्थानीय सञ्चारमाध्यामले जनाएका छन् । त्यसपछि भने उनले ताइवान छाड्नेछिन् । यो भ्रमण अमेरिका–ताइवान साझेदारी थप बलियो बनाउने रणनीति रहेको बताइएको छ।
यता पोलोसीको भ्रमणपछि चिढिएको चीनले बुधबारदेखि नै तीनदिने सैन्य अभ्यास गर्ने भएको छ । चिनियाँ जनमुक्ति सेनाले ताइवान सीमाक्षेत्र वरीपरी ‘लाइभ फायर’ अभ्यास गर्न लागेको हो ।
सैन्य अभ्यास हुने क्षेत्रमा गैरसैनिकदेखि जहासम्मलाई प्रवेश निषेध गरिएको चिनियाँ राज्य नियन्त्रित मिडियालाई उदृत गर्दै बीसीसीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १८ साउन २०७९, ०७ : ४५
लेखकबाट थप