८१४ जना कोभिड १९ का संक्रमित

सफल खबर संवाददाता

मंगलबार, १७ साउन २०७९, १७ : ३२
८१४ जना कोभिड १९ का संक्रमित

काठमाडौं । मंगलबार देशभर ८१४ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार गत २४ घन्टामा गरिएको ५ हजार ४१५ जनाको परीक्षणमा ८१४ जनामा संक्रमण पुष्टि भएको हो। 

आज २९९ जना संक्रमण मुक्त भएका छन् भने संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रह्यो। तर  संक्रमणबाट आइसियु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या बढ्दै छ। मन्त्रालयको आजको विवरण अनुसार हाल देशभर ३८ जना संक्रमित आइसियु र ५ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन्। 

यस्तै १५९ जना संक्रमित संस्थागत आइसोलेशनमा छन् भने ४ हजार ९८५ जना होम आइसोलेशनमा रहेका छन्। हाल देशभर ५ हजार १४४ जना सक्रिय संक्रमित रहेका छन् जसका काठमाडौंमा  ३ हजार १८ जना, ललितपुरमा ५५० र भक्तपुरमा ३० जना रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस