एजेन्सी । इरान समर्थित हुथी विद्रोहीले इजरायलमाथि पहिलो पटक आक्रमण गरेसँगै पश्चिम एसियाको तनाव थप भयावह बनेको छ । यो द्वन्द्व विस्तार भएसँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठुलो वृद्धि देखिएको छ ।
ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल २.८१ प्रतिशतले बढेर ११५.७३ डलर पुगेको छ भने अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएटको मूल्य पनि ३.१४ प्रतिशतले वृद्धि भई १०२.७७ डलर कायम भएको छ ।
इजरायली रक्षा बलले इरानको राजधानी तेहरानका विभिन्न स्थानमा शक्तिशाली विस्फोट गराएको छ । इरानको ऊर्जा मन्त्रालयले विद्युतीय पूर्वाधारमा भएको आक्रमणका कारण तेहरान र अल्बोर्ज प्रान्तका केही भागमा बिजुली काटिएको तर अहिले धेरैजसो ठाउँमा पुनः आपूर्ति सुचारु भएको जनाएको छ । यता इजरायलको औद्योगिक क्षेत्र नियोत होभभमा पनि मिसाइलको छर्राका कारण भीषण आगलागी भएको छ ।
युद्धको चपेटामा सञ्चारकर्मी र शैक्षिक संस्था पनि परेका छन् । इजरायली हवाई आक्रमणमा मारिएका तीन लेबनानी पत्रकारको अन्त्येष्टिमा सयौँ मानिस सहभागी भएका छन् भने लेबनानमा रहेको अमेरिकी विश्वविद्यालयले अनलाइन माध्यमबाट पठनपाठन सुरु गरेको छ ।
खाडी क्षेत्रका कुवेत र साउदी अरबमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा समेत क्षति पुगेको खबर आएका छन् । यद्यपि पाकिस्तानका विदेशमन्त्रीले भने इरान र अमेरिकाबिच शान्ति वार्ताका लागि अझै पनि विश्वास कायमै रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १६ चैत्र २०८२, ०६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरान-इजरायल युद्ध: दुई सय २४ इरानीको मृत्यु, तेहरान छाड्नेको भीड