अमेरिकाको राजधानीमा गोली चल्दा १ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १७ साउन २०७९, १६ : ४५
अमेरिकाको राजधानीमा गोली चल्दा १ जनाको मृत्यु

काठमाडौं ।  अमेरिकामा लगातार गोलीकाण्ड भइरहेको छ । राजधानी वाशिङटन डीसीमा आइतवार अबेर राति भीडमाथि गोली चलेको छ । गोली लागेका ६ जनामध्ये एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । 

आक्रमणकारीको बारेमा विस्तृत जानकारी उपलब्ध छैन । विगत १२ घन्टामा गोली चलेको यो छैटौं घटना हो । ती ६ घटनामा ११ जनामाथि गोली हानिएको छ । 

प्रतिक्रिया दिनुहोस