नवलपरासी । जिल्लाको बर्दघाट, डण्डा र आसपासको क्षेत्रमा भारी वर्षा भएको छ । पछिल्लो ६ घण्टा त्यस क्षेत्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सो क्षेत्र भई बहने ससाना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । विभागले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ साउन २०७९, १० : २२
लेखकबाट थप