इंग्ल्याण्डले जित्यो महिला युरो कप

एजेन्सी

सोमबार, १६ साउन २०७९, ०७ : ५६
इंग्ल्याण्डले जित्यो महिला युरो कप

flle Pic

एजेन्सी । इंग्ल्याण्डले महिला युरो २०२२ को उपाधि जितेको छ। गए राति सम्पन्न भएको फाइनलमा जर्मनीलाई २-१ गोल अन्तरले हराउँदै इंग्ल्याण्ड पहिलो पटक महिला युरोको उपाधि जितेको हो।

उसको जितमा इला टोनी र च्लोए केलीले एक-एक गोल गरे। जर्मनीका लिना मागुलले एक गोल फर्काइन्। खेलको ६२ औँ मिनेटमा टोनीले गोल गर्दै इंग्ल्याण्डलाई सुरवाती अग्रता दिलाएकी थिइन्। खेलको ७९ औँ मिनेटमा लिनाले गोल गरेपछि जर्मनी बराबरीमा आयो।

निर्धारित समयसम्म खेल बराबरीमा सकिएपछि अतिरिक्त समय थपिएको थियो। ११० औँ मिनेटमा केलीले गोल गरी इंग्ल्याण्डलाई विजयी गराइन्।

प्रतिक्रिया दिनुहोस