साउन १५ खिर खाने दिन, खीर खानुका फाइदा तपाईंलाई थाहा छ ?

एजेन्सी

आइतबार, १५ साउन २०७९, ११ : ३२
साउन १५ खिर खाने दिन, खीर खानुका फाइदा तपाईंलाई थाहा छ ?

काठमाडौं । आज साउन पन्ध्र खीर खाने दिन । आजको दिन हरेकको घरमा खीर पाक्छ । सबै परीवार जम्मा भएर खीर खाने परम्परा रहेको छ ।

खीर साउन १५ मा मात्रै होइन विवाह, व्रतबन्ध, पास्नी लगायतका शुभकार्यमा पनी खीर खाने चलन रहेको छ ।

खीर पौष्टिक तत्वहरु धेरै भएको खाना हो । विभिन्न किसिमका अन्नहरु मिसाएर बनाइएको खीरमा दुध, चिनि, काजु, नलिवल, किसमिस,दालचिनी, लगायतका सामाग्रीहरु राखेर खिर बनाइन्छ ।

खीर खानुको फाइदा यस्ता छन्

–खीरमा मिसाइने चामलमा कार्बोहाइड्रे पाइन्छ । जसले शरीरलाई शक्ति प्रदान गर्छ ।

– दूधमा बनाइने खीरमा प्रशस्त मात्रामा क्यालोरी पाइन्छ,

– भिटामीन ए प्राप्त हुन्छ ।

– शरीरमा चिल्लो पदार्थको मात्रा परिपूर्ती हुन्छ,

–खीरमा मिसाइने विभिन्न किसिमका पदार्थहरुबाट खनिज, भिटामिन पाइन्छ,

– खीर सहजै पचाउँन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस