एलन मस्कलाई झड्का, बीवाईडीले टेस्लालाई उछिन्यो

एजेन्सी

आइतबार, १५ साउन २०७९, ०७ : ४७
एलन मस्कलाई झड्का, बीवाईडीले टेस्लालाई उछिन्यो

काठमाडौं । चिनियाँ कार कम्पनी बीवाईडीले टेस्लालाई विद्युतीय कारको शीर्ष बिक्रेताको स्थानबाट उछिनेको छ ।  तर विश्वको शीर्ष विद्युतीय कार विक्रेता भएर पनि बीवाईडीको नाम पश्चिमामा कमै मानिसले मात्र सुनेका छन् । 

चिनियाँ व्यापारी वाङ चुआनफुले सन् १९९५ मा स्थापना गरेको वीवाईडीले सन् २०२२ को पहिलो ६ महिनामा ६ लाख ४१ हजार  विशुद्ध विद्युतीय र हाइब्रिड(मिश्रित) सवारीसाधनहरू बेचेको भएता चीन र एशियाका केही मुलुकबाहिर यसको पहिचान न्युन छ । 

जबकि यो वर्षको आधा समयमा यसले आफ्नो निकट प्रतिद्वन्दी टेस्लाभन्दा ८०,००० बढी कार बेच्यो ।  तर बीवाईडीको टाङ पीएचईभी हाइब्रिडका कार चलाउने मालिक टोनी फुकोलाई भने शेन्जेनस्थित बीवाईडीको सफलता स्वभाविक लाग्छ ।  ‘वीवाईडीको मुल्य टेस्लाको तुलनामा धेरै उचित रहेको छ । साथै यसका धेरै मोडलहरु पनि छन् । चिनियाँ घरेलु ब्राण्डहरुले धेरै विकल्प दिने भएकाले वीबाइडी टेस्लाभन्दा राम्रो विकिरहेको छ ,’ सांघाईमा घर भएका फूले भने । 

वर्षौंदेखि चिनियाँ विद्युतीय सवारी–साधनको गुणस्तर र सुरक्षा प्रश्न उठ्दाउठ्दै पनि बीवाईडीको असाधरण वृद्धि भएको छ । बजारमा गईसकेपछि सबारी साधनमा विभिन्न समस्या देखिरहदाँ पटक पटक चिनियाँ कम्पनीले बजारबाट तिनका वाहन फिर्ता भएको देखिन्थे । 

चिनियाँ सबारी साधनका सबैभन्दा ठूला आलोचकहरूमध्ये टेस्लाका सीईओ र सह–संस्थापक एलोन मस्क नै एक थिए । सन् २०११ मा ब्लुमवर्गमा दिएको एक अन्तरवार्तामा मस्कले चिनियाँ बाहनलाई होच्याउदै बोलेका थिए । ‘तिनको कार देख्नु भएको छ । मलाई त तिनले राम्रो उत्पादन गरेजस्तो लाग्दैन ,’ मस्कले भनेका थिए । एक दशकपछि, बीवाईडीले टेस्ला कारको बिक्रीलाई उछिनेको छ ।

प्रतिक्रिया दिनुहोस