चितवनमा बाइक चोर्ने दुई युवक पक्राउ

सफल खबर संवाददाता

शनिबार, १४ साउन २०७९, १२ : ३२
चितवनमा बाइक चोर्ने दुई युवक पक्राउ

चितवन । भरतपुरबाट चोरीको मोटरसाईकल र लागुऔषध सहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भरतपुर ११ का २२ वर्षीय सुमन गुरुङ र २१ वर्षीय विवेक थापा रहेका छन् । उनीहरुलाई बिहीबार भरतपुर २ मा मोटरसाईकलमा सवार गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रहरीका अनुसार गत बैशाख २६ गते भरतपुर ५ स्थित घरको कम्पाउन्डमा पार्किङ गरी राखेको प्रशान्त बुढाथोकीको बागमति प्रदेश ०३–०२८ प ४९३८ नम्बरको केटिएम डुक चोरी भएको भनी निवेदन प्राप्त भएको थियो । खोजतलासको क्रममा उक्त मोटरसाइकलको नम्बर परिवर्तन गरी प्रदेश ३–००३ प ५८९० नम्बरको प्लेट लगाएर चलाएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरुमाथि चेकजाँच गर्दा थापाको साथबाट फेनारगन ५ एम्पुल, डाईजेपाम ५ एम्पुल र नुर्फिन ५ एम्पुल गरी १५ एम्पुल लागुऔषध समेत फेला परेको प्रहरीले जानकारी दिएको छ । दुबैलाई मोटरसाईकल र लागुऔषध सहित पक्राउ गरी शुक्रबार चितवन जिल्ला अदालतबाट लागुऔषध तथा चोरी मुद्दामा म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस