मस्को । रुसको रक्षा मन्त्रालयले युक्रेनले पृथकतावादी नियन्त्रित क्षेत्रमा रहेको जेलमा शुक्रबार अमेरिकी निर्मित एचआइएमएआरएस रकेट प्रहार गर्दा ४० युक्रेनी युद्धबन्दी मारिएको र ७५ जना घाइते भएको दाबी गरेको छ । यसबारे स्वतन्त्र पुष्टि हुन बाँकी छन् ।
‘अमेरिका निर्मित मल्टिपल प्रक्षेपण रकेट प्रणाली (एचआईएमएआरएस) बाट ओलेनिभकाको बस्तीको क्षेत्रमा मिसाइल आक्रमण गरिएको थियो’, रुसी रक्षा मन्त्रालयले आफ्नो दैनिक ब्रिफिङमा भन्यो ।
उक्त क्षेत्रमा युक्रेनी सैन्य युद्धका कैदीहरू र एजोभ बटालियनका लडाकुहरू रहेको मन्त्रालयले जनाएको छ । बिफ्रिङमा अगाडि भनिएको छ, ‘आक्रमणका कारण ४० युक्रेनी युद्धबन्दीको मृत्यु भएको छ र ७५ जना घाइते भएका छन् ।’ कैदका ८ कर्मचारी पनि घाइते भएको जनाइएको छ । -एजेन्सी
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १४ साउन २०७९, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तालिवान शासकलाई मान्यता दिने पहिलो देश बन्यो रुस
इरान विरुद्ध इजरायललाई सहयोग नगर्न रुसको अमेरिकालाई चेतावनी
युक्रेनमा रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु
युक्रेनको राजधानी किभमा रुसद्वारा ठूलो हवाई आक्रमण
'टर्कीमा वार्ता गर्दै रुस र युक्रेन'
भिक्ट्री डेमा रुसको शक्ति प्रदर्शन