काठमाडौँ । दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातसम्म ८५ हजार तीन २० जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ।यसैसँगै त्यहाँका कुल सङ्क्रमितको सङ्ख्या एक करोड ६२ लाख पाँच सय १७ पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।
अघिल्लो दिनको तुलना केही मात्रामा कोभिड सङ्क्रमण घटेको जनाइएको छ । तर यो एक हप्ताअघि ६८ हजार पाँच सय ९७ को तुलनामा बढेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको छ।
नयाँ केसहरूमध्ये, चार सय ३९ जना आयातित रहेको जनाइएको छ । यद्यपि ४३ हजार पाँच सय ३८ जना कोरोनामुक्त भएका छन्।
गम्भीर अवस्थामा रहेका सङ्क्रमितको संख्या अघिल्लो दिनको तुलनामा ३८ जनाले बढेर २३४ पुगेको छ। यस अवधिमा थप ३५ जनाको मृत्यु भएपछि मृत्यु हुनेको कुल सङ्ख्या २४ हजार नौ सय ९२ पुगेको छ। कुल मृत्यु दर ०.१३ प्रतिशत रहेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १३ साउन २०७९, १४ : २२
लेखकबाट थप