काठमाडौं । तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्गु भेटिएको छ ।
अस्पतालमा उपचारमा आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएको हो । पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप बढिरहेको बेला डेङ्गुका बिरामी पनि देखिएको दमौली अस्पतालका एमडिजिपी डा राजु रानाले बताए ।
उनका अनुसार दमौली अस्पतालमा दैनिक दुई सय भन्दा बढी बिरामी विभिन्न समस्याको लागि उपचारको लागि आउने गरेका छन् । अस्पतालमा पछिल्लो समय ज्वरो, टाईफाइड, निमोनिया लगायतका बिरामी अत्यधिक मात्रमा रहेका छन् ।
बिहीबार इमर्जेन्सीमा चार जना र ओपिडीमा तीन जना डेङ्गुका बिरामी भेटिएको उनले जानकारी दिए । एक सय डिग्रीभन्दा बढी ज्वरो आउने, आँखाको गेडी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, कमजोरी हुने डेङ्गुको मुख्य लक्षण हुने डाक्टर रानाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ साउन २०७९, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा १५ दिनमा २० जनामा डेङ्गुको सङ्क्रमण
चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च
गण्डकीमा डेङ्गुबाट सात जनाको मृत्यु
बागलुङमा सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण
डेङ्गु सङ्क्रमण बढ्यो, कसरी जोगिने ?
गलकोटमा डेङ्गु र स्क्रबटाइफसका ५८ बिरामी