एसईई नतिजा : कुन प्रदेशबाट कति विद्यार्थीले कुन ग्रेड ल्याए?

सफल खबर संवाददाता

बुधबार, ११ साउन २०७९, १६ : ४५
एसईई नतिजा : कुन प्रदेशबाट कति विद्यार्थीले कुन ग्रेड ल्याए?

काठमाडौँ  । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। बुधबार अपराह्न बसेको बोर्ड बैठकको निर्णयअनुसार एसईईको नतिजा सार्वजनिक गरिएको हो। प्रदेश १ का ११८७ विद्यार्थीले ३.६ देखि ४ सम्मको जिपिए प्राप्त गरेका छन्।

मधेस प्रदेशका १५६१ विद्यार्थीले ३.६ देखि ४ सम्मको जिपिए प्राप्त गरेका छन् भने बागमती प्रदेशका ४ हजार ६ सय २ विद्यार्थीले उक्त जिपिए प्राप्त गरेका छन्।

त्यस्तै गण्डकी प्रदेशका ७ सय ८४ विद्यार्थीले  उच्च जिपिए ल्याएका छन्।लुम्बिनी प्रदेशमा उच्च जिपिए ल्याउनेको संख्या १२२० छ भने कर्णाली प्रदेशका ११४ विद्यार्थीले उच्च जिपिए ल्याएका छन्। त्यस्तै सुदूरपश्चिम प्रदेशका १९५ विद्यार्थीले उच्च जिपिए ल्याएका छन्।

सार्वजनिक नतिजाअनुसार उच्च जीपीए ‘ए प्लस’ ल्याउने ९ हजार ६३३ जना रहेका छन्।गत ९ वैशाखदेखि सुरु भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका पाँच लाख १४ हजार ७ सय ६० जना परीक्षार्थी सहभागी थिए। देशभरका दुई हजार ७०० परीक्षा केन्द्रबाट उनीहरुले परीक्षा दिएका थिए।

त्यस्तै, ए ल्याउने विद्यार्थीको संख्या ४१ हजार ६ सय २७ छ।

हरेक प्रदेशबाट कति विद्यार्थीले कुन ग्रेड ल्याए?

प्रतिक्रिया दिनुहोस