एसईई नतिजा असार तेस्रो हप्ताभित्र प्रकाशन हुने

सफल खबर संवाददाता

मंगलबार, १० असार २०८२, १४ : २५
एसईई नतिजा असार तेस्रो हप्ताभित्र प्रकाशन हुने

काठमाडौं।  राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार तेस्रो हप्ताभित्र प्रकाशन हुने जनाएको छ । प्राविधिक समस्या नदेखिएमा असार तेस्रो हप्ताभित्र प्रकाशन हुने गरि काम भइरहेको कार्यालयले जनाएको हो।

​राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप(नियन्त्रक तारानाथ निरौलाका अनुसार अहिले अंक​ इन्ट्री गर्ने काम लगायत आन्तरिक काम भइरहेको छ।

उनले भने,‘एसइई नतिजा प्रकाशनको काम तीब्र रुपमा भइरहेको छ,यही असार तेस्रो साता (२१-२२ गतेभित्रै) प्रकाशन गर्ने गरि काम गरिरहेका छौँ,प्राविधिक समस्या नआएमा त्यही समयभित्र नतिजा प्रकाशन हुन्छ।’

प्रतिक्रिया दिनुहोस