कंगोस्थित नेपाली शान्ति सैनिक कार्यरत क्षेत्रमा आगजनी र लुटपाटका घटना

सफल खबर संवाददाता

बुधबार, ११ साउन २०७९, १५ : ४३
कंगोस्थित नेपाली शान्ति सैनिक कार्यरत क्षेत्रमा आगजनी र लुटपाटका घटना

कंगो । कंगोस्थित शान्ति सैनिक कार्यरत क्षेत्रमा आगजनी र लुटपाटका घटनाहरु भइरहेका छन् ।

मिशनको फोर्स हेडक्वार्टर रहेको गोमा शहरमा साउन ९ गतेदेखि स्थानीयले विभिन्न मागहरु राखेर शान्ति मिसनविरुद्ध प्रदर्शन गर्नुका साथै मिशनसँग सम्बन्धित केही भौतिक संरचनाहरुमा आगजनी तथा लुटपाटजन्य घटनाहरु गरिरहेको सैनिक जनसम्पर्क तथा सूचनानिर्देशनालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

उक्त मिशनमा तैनाथ सम्पूर्ण नेपाली शान्ति सैनिक तथा सैनिक पर्यवेक्षकहरु सुरक्षित रहेको सेनाको भनाइ छ ।  साथै, उक्त मिशनमा तैनाथ नेपाली सेनाका सम्पूर्ण युनिटहरु तथा सैनिक पर्यवेक्षकहरुलाई विशेष सुरक्षा सतर्कता अवलम्बन गर्न, परिस्थितिको निरन्तर अनुगमन गर्न तथा शान्ति कार्य निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस