चीनले गर्‍याे ६ वटा नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी

बुधबार, ११ साउन २०७९, १३ : ३३
चीनले गर्‍याे ६ वटा नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी। चीनले छवटा नयाँ उपग्रह प्रक्षेपण गरेको छ। उपग्रह प्रक्षेपण केन्द्रबाट ती उपग्रह आज अन्तरिक्षमा पठाइएको हो।

अन्तरिक्ष प्रविधि परीक्षण उपग्रह र वायुमण्डलीय घनत्व जाँच गर्ने नयाँ परीक्षण उपग्रहसहित ती उपग्रह प्रक्षेपण गरिएको तथा तिनले सफलतापूर्वक कक्षमा प्रवेश गरेका छन्।

यससँगै चिनियाँ विज्ञान प्रतिष्ठानले स्वतन्त्ररूपमा विकास गरेको लिजियान-१ को उपग्रह प्रक्षेपणको लक्ष्य हासिल भएको छ।

 

प्रतिक्रिया दिनुहोस