सीसीटीभी फुटेज ३ महिनासम्म सुरक्षित राख्न गृह मन्त्रालयको निर्देशन

सफल खबर संवाददाता

मंगलबार, १० साउन २०७९, १९ : १३
सीसीटीभी फुटेज ३ महिनासम्म सुरक्षित राख्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो कार्यालयमा भएको सिसिटिभी फुटेज तीन महिनासम्म अनिवार्य रुपमा सुरक्षित राख्न मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयहरुलाई निर्देशन दिएको छ।

मंगलबार गृहसचिव स्तरको निर्णय गरी मन्त्रालयले सबै कार्यालयलाई तीन महिनासम्म अनिवार्य सिसिटिभी फुटेज सुरक्षित राख्न निर्देशन दिएको हो।मन्त्रालयले तीन महिनासम्म गृहको सिसिटिभी फुटेज सुरक्षित रहने पनि स्पष्ट पारेको छ।

मन्त्रालयले सिंहदरबार क्षेत्रको सिसिटिभी व्यवस्थापन सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय सचिवालयले व्यवस्थापन गर्ने जनाएको छ।सिंहदरबारभित्रको सिसिटिभीको निरीक्षण/अनुगमन नेपाल प्रहरीको सिंहदरबारभित्र रहेको ‘सिंहदरबार सुरक्षा गण’ले गर्ने पनि मन्त्रालयले प्रष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस