यात्रुबाहक बस दुर्घटना हुँदा चार यात्रुको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १० साउन २०७९, १६ : २९
यात्रुबाहक बस दुर्घटना हुँदा चार यात्रुको मृत्यु

काठमाडौं । अफगानिस्तानको दक्षिणी जाबुल प्रान्तमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा चार यात्रुको मृत्यु हुनुका साथै अन्य ४८ जना घाइते भएका छन्।

दुर्घटना मंगलबार बिहान सहर-ए-साफा जिल्लामा भएको जनाइएको छ।यसैबीच, प्रदेश जनस्वास्थ्य विभागका निर्देशक अब्दुल हाकिम हाकिमीले तीन महिलासहित चार जनाको शव र महिला, बालबालिकासहित ४८ घाइतेलाई अस्पताल लगिएको पुष्टि गरेका छन्।

चालकको लापरवाह र युद्धग्रस्त अफगानिस्तानमा बिग्रिएका सडकका कारण दुर्घटनाहरू निम्त्याउने ट्राफिक प्रहरी अधिकारीहरूका जानकारी दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस